२०८३ बैशाख ५ गते , शनिबार

‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
‘हिमालय रोडिज ४’का लागि डिजिटल अडिसन सुरु

हिमालय टेलिभिजनको लोकप्रिय कार्यक्रमहिमालय रोडिजको चौथो सिजनका लागि अडिसन सुरु गरिएको पत्रकार सम्मेलनको आयोजना गर्दै जानकारी दिइएको कोरोना महामारीका कारण चौथो सिजनको अडिसन डिजिटल माध्यमबाट सुरु गरिएको हो यसपटकको नारा, ‘सिजन अफ सर्भाइभलराखिएको यो शोमा सहभागी हुन चाहनेले मोबाइल एप डाउनलोड गरी अडिसन फर्म भर्न सक्नेछन् साता अडिसनका लागि समय दिइएको

यसपटकको सिजनलाई निर्देशक सिमोस सुनवारले निर्देशन गर्दैछन् यसअघिका श्रृङ्खलाको निर्देशन अमनप्रताप अधिकारीले गरेका थिए पत्रकार सम्मेलनमा निर्देशक सुनुवारले नयाँ सिजन युवापुस्ताको संघर्षमा केन्द्रित गरेर रोचक बनाउने बताए यो शोलाई साहसी खेल समेत मानिन्छ
यो सिजनमा पनि गतबर्षको जस्तै अनुप विक्रम शाही, दिया मास्के, आशिष राना समन श्रेष्ठ टिम क्याप्टेनका रुपमा रहनेछन् कार्यक्रमको संचालन रमेनदास श्रेष्ठले गर्नेछन्


हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले कोरोना महामारीबाट बचेर यो शोलाई अगाडि बढाउने जानकारी दिए निर्देशक सुनुवारले साहसी खेलको रुपमा चिनिएको लोकप्रिय रियालिटी शोमा जोडिन पाउँदा खुशी लागेको बताए

असोजबाट यो शोलाई प्रशारण गर्ने तयारी टेलिभिजनले गरेको हिमालय टेलिभिजनले केही दिन अगाडि मात्र भ्वाइस अफ नेपाल भव्यताका साथ सम्पन्न गरेको थियो

सम्बन्धित समाचार