२०८३ बैशाख ६ गते , आईतबार

बिर्तामोडको थापा मार्केटमा आगलागी

sajilo news
परिवेश मिडिया
२०७८ श्रावण ३० गते , शनिबार
बिर्तामोडको थापा मार्केटमा आगलागी

झापा । झापाको बिर्तामोडमा आगलागी भएको छ । बिर्तामोडस्थित थापा मार्केटको दोस्रो तलामा रहेको ऋद्धिसिद्धि वेयर कलेक्सनमा आगलागी भएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

आगलागीबाट स्थानीय सूर्य अधिकारीको कपडा पसलमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सन्तोष आचार्यले जानकारी दिए । विधुत् चुहावट भएर आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बिर्तामोड नगरपालिका र मेचीनगरपालिकाको बारुण यन्त्रद्वारा आगो नियन्त्रणमा लिइएको छ । आगलागीबाट भएको क्षतिको यकिन विवरण आइसकेको छैन ।

सम्बन्धित समाचार