भरुवा बन्दुक सहित एकजना पक्राउ
सुनसरी । सुनसरी बराहक्षेत्र नगरपालिका १ का ६३ बर्षीय बरम बहादुर राईलाई एक थान भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको छ । गत २६ गते राईले बाँदरलाई गोली हान्दा उनकै नाती १३ बर्षीय अभिषेक राईलाई छर्राले लागी घाईते भई उपचारको लागी घोपा धरान लगेको भन्ने सुचनाको आधारमा प्रहरी टोलीले उनलाई खोजतलास गरिरहेको थियो ।
खोजतलासकै क्रममा हिजो जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले राईलाई विराटनगरबाट पक्राउ गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राईले जानकारी दिए । पक्राउ परेका राईलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर बुझाएको उनले बताए। पक्राउ परेका राईको घरबाट प्रहरीले लुकाई राखेको एक नाल भरुवा बन्दुक समेत बरामद गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट ज्यान मार्ने उद्योग र हातहतियार मुद्दामा अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रवक्ता राईले बताए ।