२०८३ बैशाख ५ गते , शनिबार
जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु
सुनसरी । कोशी गाउँपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।
घटनाको जानकारी पाएलगतै प्रहरी टोली खटि गई स्थानीयको सहयोगमा हात्तीलाई जंगलतर्फ लखेटिएको थियो । जिल्ला प्रहरी कार्यालय सुनसरीबाट गएको प्रहरी टोलीले कानुनी प्रकृया पुरा गरी लाश पोष्टमार्टमको लागि जिल्ला अस्पताल ईनरुवा पठाएको १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका सुचना अधिकारी नविनराज राईले जानकारी दिए ।