२०८३ बैशाख ६ गते , आईतबार

जेनजी आन्दोलनले पुराना दलहरुलाई झक्झक्यायो : प्रचण्ड

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १५ गते , सोमबार
जेनजी आन्दोलनले पुराना दलहरुलाई झक्झक्यायो : प्रचण्ड

बिर्तामोड नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भदौ २४ गते भएको जेनजी आन्दोलनले पुराना राजनीतिक दलहरुलाई झक्झक्याएको बताएका छन् आज (सोमबार) विराटनगरमा भएको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै संयोजक दाहालले त्यस्तो धारणा राखेका हुन्

दाहालले भने, ‘जेनजी पुस्ताका युवाहरुको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो अब विचार बुढो तन्नेरी नहुने भन्दै उनले छोराछोरी नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताए हामी धेरै पछि परिसकेका छौं अब जेनजीहरुसँग वार्ता संवाद गरौं, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भने, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन्

उनले भदौ २४ गते भएको घटनालाईअसाधारण संकट को संज्ञा दिए उक्त दिन ऐतिहासिक धरोहरहरु जलेर ध्वस्त भएको देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको उनले दाबी गरे त्यो विध्वंस षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो त्यसको साक्षी माधवकुमार नेपाल थियौं,’ उनले भने, ‘नारायणहिटी सरसफाइ गरेर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो उनले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गरे

प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिए उनले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताए यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उनले भने, ‘हामी चुनावमा होमिसक्यौं सरकारले स्वच्छ निष्पक्ष निर्वाचनको वातावरण बनाओस्

सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिए।मसँग दौडिने कोही ? मर्निङ वाक कति गर्ने हो, तयार छु हेभी एक्सरसाइज कति गर्ने हो, युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भने, ‘भुईफुट्टा, इतिहासविहीन विचारविहीनले गरेको होहल्लाको पछि नलाग्नुहोला उनले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गरे

सम्बन्धित समाचार