२०८३ बैशाख ६ गते , आईतबार

नेपाली कम्युनिष्ट पार्टी झापाको पहिलो भेला सम्पन्न

sajilo news
परिवेश मिडिया
२०८२ मंसीर १२ गते , शुक्रबार
नेपाली कम्युनिष्ट पार्टी झापाको पहिलो भेला सम्पन्न

बिर्तामोड नेकपा माओवादी केन्द्र, नेकपा समाजवादीलगायत विभिन्न दल समूहबिच एकता पश्चात बनेको नेपाली कम्युनिष्ट पार्टीको पहिलो झापा जिल्ला भेला सम्पन्न भएको शुक्रबार गौरीशंकर स्मृति प्रतिष्ठानको सभाहलमा भेला सम्पन्न भएको हो

भेलाले समाजवादको यात्रामा अगाडी बढ्न एकता बल चाहिने त्यो एकता पश्चात मिलेको भन्दै मिलेर अगाडी बढ्ने संकल्प गरेको नेपाली कम्युनिष्ट पार्टीले देशव्यापी गर्न लागेको एकता सन्देश सभा अन्तर्गत कोशी प्रदेशको विराटनगरमा मंसिर १५ गते हुने कार्यक्रम सफल बनाउन तयारीमा जुट्न भेलामा सर्कुलर जारी गरिएको थियो

कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी झापाको कार्यलय उद्घाटन गरिएको थियो भने वर्तमान राजनीतिक अवस्थाको प्रशिक्षणमुलक मन्तव्य राखिएको थियो कार्यक्रमलाई नेताहरु हरिबोल गजुरेल (शितलकुमार), रञ्जित तामाङ पुष्प पोखरेलले सम्बोधन गरेका थिए अर्का नेता ज्योतिसिंह दर्लामीले गत बैठकको सर्कुलर वाचन गरेका थिए

बिपी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम मोहन टुडुले सञ्चालन गरेका थिए भने कार्यक्रममा सहभागीहरुलाई अम्बिकादेवि उप्रेतीले स्वागत गरेकी थिइन्

कार्यक्रममा एकता प्रक्रियामा सहभागी सबै दल तथा समूहका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो  

सम्बन्धित समाचार