२०८३ बैशाख ६ गते , आईतबार

आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै डा. रावल

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २६ गते , बुधबार
आज नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुँदै डा. रावल

बिर्तामोड मातृभूमि राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेका नेता डा. भीम रावल प्रचण्डमाधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुँदैछन् उनी आज काठमाण्डौमा आयोजना हुने औपचारिक कार्यक्रममार्फत् नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन लागेका हुन्

कार्यक्रम आज दिउँसो दुई बजे राष्ट्रिय सभागृहमा आयोजना गरिएको कार्यक्रमलाई प्रचण्ड, माधव कुमार नेपाल भीम रावलले सम्बोधन गर्ने तयारी

गत साता भृकुटीमण्डपमा आयोजित १० दलको एकता घोषणा समारोहमै रावललाई पनि आबद्ध गराउने तयारी थियो कार्यक्रमको मञ्चबाटै प्रचण्डले भीम रावल आउन लागेको बताएका थिए तर रावलबारेथप छलफल आवश्यक रहेको भन्दै त्यतिबेला मिसिने निर्णय गरेका थिएनन्

गत आइतबार साँझ प्रचण्ड, माधव नेपाल, प्रकाश ज्वाला, भानुभक्त जोशीलगायतसँग छलफल भएपछि भने रावल नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध हुन सहमत भएका थिए

गत वर्ष पुसमा पार्टीको अनुशासन उल्लंघन गरेको भन्दै रावललाई एमालेले पार्टीबाट निस्कासन गरेको थियो

रावललाई पार्टीमा छैटौं बरियता

स्रोतका अनुसार रावललाई नेपाली कम्युनिस्ट पार्टीमा छैटौं वरीयता दिने सहमति नेताहरुबीच भएको रावलको समूहका नेताकार्यकर्ताहरुलाई उचित स्थान दिने समझदारी पनि भएको

महिनाभित्र एकता महाधिवेशन गर्ने पार्टीका दस्तावेज लेखनको नेतृत्व रावललाई दिने लगायतका समझदारी भएका छन्

भीम रावलजीसँग विभिन्न पाँच बुँदे समझदारी भएको , जुन आजको कार्यक्रममा सार्वजनिक हुन्छ,’ स्रोतले भन्यो

सम्बन्धित समाचार