२०८३ बैशाख ६ गते , आईतबार

समाजवादी मोर्चाबाट अलग्गिए विप्लव

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २६ गते , बुधबार
समाजवादी मोर्चाबाट अलग्गिए विप्लव

बिर्तामोड नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) समाजवादी मोर्चाबाट अलग भएको महासचिव विप्लवले आज एक विज्ञप्ति जारी गर्दै मोर्चाबाट अलग भएको जानकारी गराएका हुन्

उनले भनेका छन्२०८० सालमा नेपालका चार पार्टी सहभागी समाजवादी मोर्चा निर्माण गरेका थियौँ राष्ट्रिय स्वाधीनता, राज्यको अग्रगामी रूपान्तरण जनजीविकाको पक्षमा साथै भ्रष्टाचारका विरुद्ध सङ्घर्षको पहल गर्ने उद्देश्यका साथ गठन गरेको मोर्चाले केही महत्वपूर्ण कार्यक्रमहरू पनि गर्यो तर जुन रफ्तारमा कामहरू बढाउनु पर्ने थियो त्यो सम्भव बनेन

विप्लवले थप भनेका छन्जेनजी विद्रोहपछि नेपालको राजनीतिक परिवेश धारणाहरूमै व्यापक फेरबदल भएका छन् सबै राजनीतिक पार्टीहरू नयाँ खालका एकता मोर्चाबन्दमा सहभागी बन्दै छन् व्यापक स्तरमा नयाँ बहसहरु आवश्यक बनेका छन् बढी पनि सकेका छन् समाजवादी मोर्चामा आबद्ध तीन पार्टीहरूले एकता गरेर नेपाली कम्युनिस्ट पार्टी बनाइ सकेका छन् यस्तो स्थितिमा आजकै स्वरूपमा समाजवादी मोर्चाको औचित्य समाप्त भएको नेकपाको निष्कर्ष सोही निष्कर्षका आधारमा हाम्रो जनप्रिय पार्टीनेकपा समाजवादी मोर्चाबाट अलग भएको जानकारी गराउँदछौ

सम्बन्धित समाचार