२०८३ बैशाख ६ गते , आईतबार

पदीय मर्यादा भुल्दा मधेश प्रदेश प्रमुखको पद चैट

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २४ गते , सोमबार
पदीय मर्यादा भुल्दा मधेश प्रदेश प्रमुखको पद चैट

काठमाण्डौ सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो

मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको हो,’ सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले भने

आइतबार मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई कांग्रेससहितका सात दलले संविधानको धारा १६८ को उपधारा बमोजिम नै सरकार गठनको लागि खबरदारी गरेका थिए

प्रदेश प्रमुख भण्डारी अस्वस्थ भएको भन्दै जनकपुरबाट काठमाण्डौ प्रस्थान गरेकी थिइन् तर अस्वस्थताको कारण देखाउँदै काठमाण्डौ जान्छु भनेर निवासबाट निस्किएकी प्रदेश प्रमुख भण्डारीले होटल पानसमा कात्तिक २३ गतेको मितिमै संविधानको धारा १६८ को उपधारा बमोजिम एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरेको पत्र दिएकी थिइन् त्यही होटलमै उनले शपथ पनि खुवाएकी थिइन्

यो घटना सार्वजनिक भएपछि प्रदेश प्रमुख भण्डारीको चौतर्फी आलोचना भएको थियो

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता जितेन्द्र सोनलले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले प्रदेशको अस्मिता समाप्त पार्ने खेल खेलेको आरोप लगाएका थिए भने प्रदेश सांसद तथा दलका कार्यकर्ताहरूले प्रदेश प्रमुख बस्ने आवास मुख्यमन्त्रीको कार्यलयमा तोडफोड गरेका थिए

सुमित्राको ठाउँमा सरकारले सुरेन्द्र लाभलाई प्रदेश प्रमुख नियुक्त गरेको

नेकपा एमालेको तर्फबाट भण्डारीलाई केपी ओली नेतृत्वको सरकारले २०८० चैत्र गते मधेश प्रदेश प्रमुखमा  नियुक्त गरेको थियो

सम्बन्धित समाचार