२०८३ बैशाख ६ गते , आईतबार

कर्मचारी कटौतीप्रति असन्तुष्ट संघ र प्रदेशका पदाधिकारीको बैठक बस्दै

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २१ गते , शुक्रबार
कर्मचारी कटौतीप्रति असन्तुष्ट संघ र प्रदेशका पदाधिकारीको बैठक बस्दै

झापा संघीय संसद्का पदाधिकारी प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बस्दैछ राज्य व्यवस्था तथा सुशासन समितिको सभा कक्षमा शुक्रबार बिहान ११ बजे बैठक बस्न लागेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए

जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले प्रशासन सुधारको लागि भन्दै संघीय संसद्का पदाधिकारी तथा सांसदले पाउँदै आएको कर्मचारी सुविधा कटौतीको निर्णय गरेपछि संघीय संसद् असन्तुष्ट

कर्मचारी कटौतीलगायको निर्णयपछि संघ प्रदेशसभाका पदाधिकारीहरू सरकारसँग असन्तुष्ट छन्। यही विषयमा थप छलफलका लागि संघीय संसद् प्रदेश सभाका पदाधिकारीको संयुक्त बैठक आह्वान गरिएको एक पदाधिकारीले जानकारी दिए

प्रतिनिधिसभाका सभामुख देवराज रिमाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसहित प्रतिनिधिसभाका उपसभामुख, राष्ट्रिय सभाका उपाध्यक्ष, संसद् सचिवालयका महासचिवलगायतका पदाधिकारीले प्रधानमन्त्रीसँग भेटेरै असन्तुष्टि जनाइसकेका छन्

प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा सभामुख अध्यक्ष लगायतले संघीय संसद् राष्ट्रको एक प्रमुख अंग भएकाले कर्मचारी कटौतीले कामकारबाहीमा प्रत्यक्ष असर परेको भन्दै निर्णय फिर्ताका लागि आग्रह गरेका थिए

जवाफमा प्रधानमन्त्री कार्कीले यस विषयमा अर्थमन्त्री, अर्थमन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेर आवश्यक निर्णय लिने बताएकी थिइन्

सम्बन्धित समाचार