२०८३ बैशाख ६ गते , आईतबार

नेकपा एमालेले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक २० गते , विहीबार
नेकपा एमालेले ‘युथ भोलिन्टियर्स फोर्स’ गठन गर्ने

बिर्तामोड नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलेयुथ भोलिन्टियर्स फोर्स गठन गर्ने बताएका छन् मुलुकमा शान्तिसुरक्षाको प्रत्याभूति गराउन आफ्नो पार्टीले युथ भोलिन्तियर्स फोर्स गठन गर्ने बताएका हुन्

बिहीबार भक्तपुरको गुन्डुस्थित आफ्नै निवासमा पुगेका नेता तथा कार्यकर्तासँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन्

अध्यक्ष ओलीले देशलाई छाडातन्त्रमा चलाउनका लागि कुनै हैसियत नै नभएको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको आरोप लगाए उनले प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै आफ्नो पार्टीले देशभर आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्

उनले राष्ट्रपति रामचन्द्र पौडेलले असंवैधानिक सरकारले गरेको सिफारिसका आधारमा प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको दाबी गरे संविधानविपरीत प्रतिनिधिसभा विघटन भएकाले त्यसको पुनःस्थापनाको माग गर्दै अघि बढ्नुपरेको उनले बताए

ओलीले भने, ‘यो असंवैधानिक सरकारले प्रतिनिधिसभा किन भंग गरेको हो भने देशलाई बेलगाम छाडातन्त्रमा चलाउन प्रतिनिधिसभा विघटन गरेको हो यो असंवैधानिक ढंगले भंग गरिएको छ। सिफारिस गर्ने हैसियत नै नभएकाहरूले सिफारिस गरेका छन्, संविधानको कुनै धारामा नपर्ने गरी राष्ट्रपतिले भंग गर्नुभएको छ। गर्नुहुँदैनथ्यो। त्यस कारण हामीले यो विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको माग गरेका छौँ, त्यसका लागि आन्दोलन गर्छौँ अघि बढ्छौँ

सम्बन्धित समाचार