२०८३ बैशाख ६ गते , आईतबार

घर फर्कन गरेको ओलीको आग्रहपछि झलनाथ – ‘हामी वनमा छैनौं घर मै छौं’

sajilo news
परिवेश मिडिया
२०८२ कार्तिक १५ गते , शनिबार
घर फर्कन गरेको ओलीको आग्रहपछि झलनाथ – ‘हामी वनमा छैनौं घर मै छौं’

बिर्तामोड नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीले घर फर्कन गरेको आह्वानबारे टिप्पणी गरेका छन्

सुकेधारामा आयोजित आफू पक्षीय छुट्टै भेलामा पुगेका खनाललाई सञ्चारकर्मीले ओलीले गरेको आह्वानबारे प्रश्न गरेका थिए

एकीकृत समाजवादी फुट्ने भएपछि ओलीले शुक्रबार साँझ पार्टी छाडेकाहरूलाई घर फर्कन आह्वान गरेका थिए

ओलीको उक्त आह्वानबारे सञ्चारकर्मीले सोधेको प्रश्नमा ठट्यौली जवाफ दिँदै खनालले भने, ‘हामी कोही पनि वनमा छैनौं घरमै छौं

खनालले घर फर्कनका लागि ढोका राम्रोसँग खोल्नुपर्ने बस्ने ठाउँहरू समेत राम्रो बनाउनुपर्ने बताए

खनालले एमालेमा फर्कन ओलीले गरेको आह्वानलाई सकारात्मक रुपमा लिँदै त्यसका लागि वटा शर्त समेत अघि सारेका थिए

उनले ती शर्ततर्फ इंकित गर्दै यस्तो बताएका हुन् ढोका राम्रोसँग उदांगो पारेर खोल्नुर्पयो बस्ने ठाउँहरू राम्रोसँग बनाउनुर्पयो त्यो भयो भने फर्कने के समस्या भयो ?,’ उनले भने

माओवादी केन्द्रसँग एकता गर्ने निर्णय पार्टीले गरेपछि खनाल असन्तुष्ट बनेका थिए उनले कम्युनिष्ट एकता बेला बेलामा टुक्राटुक्रा भएको सिंगो हुनका लागि टुक्रा भएको जिकिर गरे

कहिलेकाहीँ टुक्रा भएपछि सिंगो हुन्छ यो सिंगै हुनका लागि टुक्रा भएको हो पुनर्गठन, गठन त्यो एउटा प्रक्रिया हुन्छ,’ खनालले भने, ‘हामी छलफल गर्नका लागि आजको छलफल गरेका हौं कम्युनिष्ट आन्दोलनलाई व्यापक एकतामा र्पुयाउनका लागि यो छलफल हो

सम्बन्धित समाचार