२०८३ आश्विन १६ गते , शुक्रबार

मिस नेपालको ताज लुना लुइँटेललाई

sajilo news
परिवेश मिडिया
२०८२ भाद्र १५ गते , आईतबार
मिस नेपालको ताज लुना लुइँटेललाई

बिर्तामोड । यस वर्षको मिस नेपाल वल्र्ड लुना लुइँटेल बनेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्राण्ड फिनालेमा अन्य २५ प्रतिस्पर्धीलाई पछि पार्दै उनी मिस नेपालको टाइटल जित्न सफल भएकी हुन् ।

उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन् । यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्डारीले जितिन् । यस्तै दिपशिखा नेपाल फस्ट रनरअप बनिन् ।

सो अवसरमा निर्णायक मण्डलले अन्य टाइटल विजेताहरूको नाम पनि सार्वजनिक गर्यो ।

जसअनुसार–

मिस कन्फिडेन्ट – प्रगिका क्षेत्री

मिस टाइमलेस एलिगेन्स – उरुशा भण्डारी

मिस हेल्दी स्किन – आरती थापा

मिस ग्रीन भिजनरी – जगदिश्वरी शाह

मिस प्रिस्टिन – प्रियंका थापा

मिस पपुलर च्वाइस – उरुशा भण्डारी

मिस ब्यूटिफुल हेयर – स्वेच्छा थापा

मिस एम्पावर्ड च्वाइस– दीपशिखा नेपाल

फेस अफ द इयर  – स्मृति श्रेष्ठ घोषित भए ।

हिडन ट्रेजरले आयोजना गरेको मिस नेपालको ३१औं संस्करणमा सहभागी प्रतियोगीहरूले आफ्नो प्रतिभा, आत्मविश्वास र सौन्दर्य प्रस्तुत गरेका थिए। विजेताहरुलाई आयोजक तथा निर्णायक मण्डलका सदस्यहरूले ताज र प्रमाणपत्र प्रदान गरेका थिए।

सम्बन्धित समाचार