२०८३ बैशाख ५ गते , शनिबार

प्रहरीद्वारा बरामद ३५ लाख बराबरको प्रतिबन्धित औषधि सार्वजनिक

sajilo news
परिवेश मिडिया
२०८२ श्रावण २ गते , शुक्रबार
प्रहरीद्वारा बरामद ३५ लाख बराबरको प्रतिबन्धित औषधि सार्वजनिक

बिर्तामोड इलाका प्रहरी कार्यालय अनारमनीले बरामद गरेको लाखौँ मुल्यको लागूऔषधसहित प्रतिबन्धित औषधी पक्राउ परेका व्यक्ति सार्वजनिक गरेको शुक्रबार इलाका प्रहरी कार्यालय अनारमनी परिसरमा पत्रकार सम्मेलन गरेर करिब ३५ लाख मुल्यको लागूऔषध ट्रामाडोलसहित प्रतिबन्धित औषधि प्रहरीले सार्वजनिक गरेको हो

प्रहरीले बिहीबार करिब ११ बजे बिर्तामोड नगरपालिका मंगलदिप टोलस्थित मनकुमार संग्रौलाको घरमा कोठा भाडा लिइ भण्डारण गरिराखेको अवस्थामा लाख ६० हजार १०४ रुपैया बराबरको १०३८०० क्याप्सुल ट्रामाडोल, ४३ हजार ९८२ रुपैया बराबरको १८७० एम्पुल ट्रामाडोल हाइड्रोक्लोराइड इन्जेक्सन, ५७ हजार ३०७ रुपैया बराबरको ४०५० ट्याब्लेट ट्रामाडोल एण्ड एसीटामिनोफेन् ट्याब्लेट, लाख ४५ हजार २६३ रुपैया बराबरको टर्मिपिल किट ७६५० ट्याब्लेट, लाख ९८ हजार ३७५ रुपैँया बराबरको जेनेग्रा एम टी रेड १०० एमजीको ८९०० ट्याब्लेट लाख ८८ हजार रुपैँया बराबरको ९७ हजार ट्याब्लेट डाईक्लोमाइन् एच सी एल ट्याब्लेट बरामद गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो

उक्त प्रतिबन्धित औषधि लागूऔषधसहित प्रहरीले अर्जुनधारा दासपुल बस्ने बर्ष २५ को विनोद घिमिरेलाई पक्राउ गरेको इप्रका अनारमनीका प्रमुख डीएसपी विजय श्रेष्ठले जानकारी दिए प्रहरीले यामाहा कम्पनीको प्र. ०१०१३ ८९०४ नम्बरको मोटरसाइकल थान मोबाइलसमेत बरामद गरेको जनाएको

पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बुले लागूऔषध ओसारपसार तथा सेवनमा झापा प्रहरी निर्मम भएर लागेका कारण यो सफलता हात परेको बताए

लामो समयदेखि लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले रेकी गरेर मानिससहित ती सामाग्री बरामद गर्न सफल भएको इप्रका अनारमनीका प्रमुख श्रेष्ठले बताए

सो गोदाम सनलाइट फर्माका सञ्चालक भानुभक्त खरेलले भाडामा लिएको उनी फरार रहेको स्रोतले बताएको

सम्बन्धित समाचार