२०८३ बैशाख ५ गते , शनिबार

शिक्षक–सरकारबिचको वार्ता निष्कर्षविहीन

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र २९ गते , शुक्रबार
शिक्षक–सरकारबिचको वार्ता निष्कर्षविहीन

झापा आन्दोलनरत शिक्षक सरकारबीचको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा शिक्षामन्त्री बिद्या भट्टराई तथा मन्त्रालयका सचिव डा। दीपक काफ्ले सहित मन्त्रालयको टोलीसँग आन्दोलनरत शिक्षकको तर्फबाट शिक्षक महासङ्घका सहअध्यक्ष नानुमाया पराजुली सहितको टोली सहभागी थियो

मन्त्रालयमा बिहीबार साँझ भएको वार्ता बिना निष्कर्ष टुङ्गिएको शिक्षा मन्त्रालयका प्रवक्ता समेत रहेका सहसचिव शिवहरी सापकोटाले जानकारी दिए उनले भने, ‘सरकार आन्दोलनरत शिक्षकबीचमा वार्ताको प्रारम्भ भएको हो कुनै निष्कर्ष निस्केको छैन सरकारको तर्फबाट मन्त्री ज्यूले माग पुरा गर्नका लागि पहल भइरहेको भनेर सम्झाउनुभयो प्रवक्ता सापकोटाले वार्तालाई निरन्तरता दिनेगरी बिहीबारको वार्ता टुङ्गिएको जानकारी दिए

काठमाण्डौमा देशभरका शिक्षकहरु शिक्षा ऐनको माग गर्दै निर्णायक आन्दोलन गरिरहेका छन्

 

सम्बन्धित समाचार