२०८३ बैशाख ६ गते , आईतबार

१० लाख ग्राहक पुर्याउने पहिलो कम्पनी बन्यो वर्ल्डलिङ्क

sajilo news
परिवेश मिडिया
२०८१ चैत्र ११ गते , सोमबार
१० लाख ग्राहक पुर्याउने पहिलो कम्पनी बन्यो वर्ल्डलिङ्क

बिर्तामोड नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक वल्र्डलिङ्कले १० लाख ग्राहक पुर्याएको योसँगै वल्र्डलिङ्क १० लाख घरधुरीमा इन्टरनेट जडान र्पुयाउने देशकै पहिलो सेवाप्रदायक बनेको हो

योे अवसरमा कम्पनीले १० जना भाग्यशाली ग्राहकलाई आईफोन १६ उपहारस्वरूप प्रदान गर्ने घोषणा गरिसकेको

कम्पनीले आफ्नो सामाजिक सञ्जालमार्फत ग्राहकहरूप्रति आभार व्यक्त गर्दै भनेको , ‘हामी हाम्रा अमूल्य ग्राहकहरूसँग यो अविस्मरणीय उपलब्धि मनाउन पाउँदा अत्यन्तै उत्साहित छौँ सहरदेखि ग्रामीण भेगसम्म तपाईंहरूको विश्वासले नै हाम्रो यात्रा सम्भव भएको

नेपाललाई डिजिटल रूपमा सबल बनाउने वल्र्डलिङ्कको लक्ष्य कम्पनीले अगाडि भनेको , ‘हाम्रो उद्देश्य सधैंभरि सबैलाई, जहाँसुकै, जस्तोसुकै समयमा पनि इन्टरनेट सेवामा जोड्नु हो १० लाख घरधुरीसम्म पुग्नु हाम्रो डिजिटल नेपाल निर्माण गर्ने संकल्पको एउटा महत्वपूर्ण कोशेढुंगा हो

कम्पनीले आफ्ना ग्राहकहरूलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रो सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको

वल्र्डलिंकले हालैमात्र दुई विधामा एसियन टेलिकम अवार्ड २०२५ समेत पाएको करिब ३५ प्रतिशत ब्रोडब्यान्ड बजार हिस्सा ओगटेको कम्पनीले पाँच हजार बढीलाई रोजगारी दिएको कम्पनीले जनाएको

साथै देशका १४ हजार बढी स्थानमा वल्र्डलिंकले निःशुल्क सार्वजनिक वाईफाई उपलब्ध गराइरहेको कम्पनीले इन्टरनेट सेवासँगै समाजमा योगदान गर्ने विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू पनि गरिरहेको जनाएको

सम्बन्धित समाचार