२०८३ बैशाख ६ गते , आईतबार

आयोजक झापा ११ जागृति क्लब इटहरीद्वारा पराजित

sajilo news
परिवेश मिडिया
२०८१ मंसीर ३० गते , आईतबार
आयोजक झापा ११ जागृति क्लब इटहरीद्वारा पराजित

बिर्तामोड झापाको बिर्तामोडस्थित डोमालाल रंगशालामा जारी झापा कपको दोस्रो दिनको खेलमा आयोजक झापा ११ लाई पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको

फिनिसिङमा तालमेल नमिल्दा आयोजक झापा११ झापा कपको पहिलो चरणबाटै बाहिरिएको हो

स्टार खेलाडीले भरिएको झापा११ ले खेल अवधिभर सशक्त आक्रमण गर्न सकेन डोमालाल राजवंशी रंगशालामा जारी प्रतियोगिताको दोस्रो दिनको खेलमा आयोजक झापा११ फुटबल क्लबलाई गोल अन्तरले पराजित गर्दै राष्ट्रिय जागृति क्लब इटहरी क्वार्टर फाइनलमा प्रवेश गरेको

क्वार्टर फाइनलमा जागृतिले भारतको जिटिए दार्जिलिङसँगको भेट पक्का गरेको राष्ट्रिय टिमका नियमित खेलाडी उत्सव राई, आयुष घलान, प्रशान्त लक्सम, डिफेन्डर देवेन्द्र तामाङसहित मैदानमा उत्रिएको झापाले खेलमा फितलो प्रदर्शन गरेको थियो

जागृतिको जितमा मिलन लाई नायक बने उनले दोस्रो हाफको ५३ ६२औँ मिनेटमा टिमको लागि गोल गर्न सफल भए खेलको ५३औँ मिनेटमा गोलपोस्टको २० यार्डमा झापाका डिफेन्डर विशाल दर्जीले जागृतिका मिलन राईलाई फाउल गरेका थिए त्यसपछि पाएको फ्रिकिकलाई राईले नै सुन्दर गोल गरे

खेलमा दोस्रो गोल राईले नै गर्न सफल भए ६२औँ मिनेटमा झापाका दुईजना डिफेन्डरले क्लियर गर्न नसकेको बललाई राईले गोलमा परिणत गरे गोलकिपर सन्दीप लिम्बूलाई बिट गर्दै गरेको प्रहारले जागृतिको अग्रता दोब्बर बनायो

विपक्षी पोस्टमा झापाले आक्रमक प्रयास गर्न सकेन खेलको ४४औँ मिनेटमा झापाका दयानन्द सिंहले डिबक्समा पाएको अवसर गोलमा परिणत गर्न सकेनन् ५७औँ मिनेटमा सिंहको लामो प्रहार विपक्षी गोलकिपरले पञ्च गरेर बचाउ गरे

खेलको प्लेयर अफ म्याच जागृतिका गोलकर्ता मिलन राई भए उनले नगद १० हजार रुपैयाँ पुरस्कार पाए सोमबारको पहिलो क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुबटल क्लब सलहेस फुटबल क्लब सिराहाबीच हुने आयोजकले जनाएको

आर्मीले पहिलो चरणको खेलमा एलएक्स सिटी फुटबल क्लब मोरङलाई हराएको थियो भने सलहेस क्लब सिराहा बाइ पाएर प्रतियोगितामा सहभागी भएको हो

सम्बन्धित समाचार